दफा ५९६
अख्तियारी दिएको विश्वास दिलाएमा मुख्य व्यक्ति जिम्मेवार हुनेः

(१) मुख्य व्यक्तिले आफ्नो तर्फबाट कुनै काम गर्न कुनै अर्को व्यक्तिलाई अख्तियारी दिएको कुरा तेस्रो पक्षलाई जानकारी गराएमा वा विश्वासमा पारेकोमा त्यसरी अख्तियारी नदिएको कुरामा तेस्रो पक्षले थाहा पाएकोमा वा थाहा पाउनु पर्ने मनासिब कारण भएकोमा बाहेक प्रतिनिधिले निजको तर्फबाट गरेको कामका लागि मुख्य व्यक्ति जिम्मेवार रहनेछ ।
(२) उपदफा (१) बमोजिमको अवस्थामा प्रतिनिधिले अख्तियारी नाघी कुनै कार्य गरेको भए तापनि प्रतिनिधिलाई अख्तियारी दिएको कुरामा तेस्रो पक्षले विश्वास गर्नु पर्ने मनासिब आधार भएकोमा प्रतिनिधिले गरेको कामका लागि मुख्य व्यक्ति जिम्मेवार हुन सक्नेछ ।